BLOGGER TEMPLATES AND TWITTER BACKGROUNDS

Pages

Friday, August 5, 2011

सानो छैन कथा मेरो बुझ्ननी नसकिने


सानो छैन कथा मेरो
बुझ्ननी नसकिने
पिडा मात्र छैन मेरो
दुविधामा  रुज्ननी नसकिने

आफ्नो बाटो आफ्नै लागि
कोर्न नी नसकिने
सानो छैन कथा मेरो
बुझ्ननी नसकिने

सबै भन्छन ठुलो
मेरै छन  पिडा
मेरो लागि मेरै पिडा
खोल्ननी नसकिने

आफ्नो बाटो आफ्नै लागि
कोर्न नी नसकिने
सानो छैन कथा मेरो
बुझ्ननी नसकिने

घाम बनि तालको पानी
सोस्ननी नसकिने
नत लोटा बोकेर
उभाउननै  सकिने

सानो छैन कथा मेरो
बुझ्ननी नसकिने
पिडा मात्र छैन मेरो
दुविधामा  रुज्ननी नसकिने


आकाश अनुकुल 
२०६८/४/२० 

पल पल आशु लुकाएथे


पल पल आशु लुकाएथे
तिमिलाई हासो  देखाउन
आलो घाउमा पट्टी बाधे
आफ्नै मुहार छिपाउन

लड्दा तिमि चौबाटोमा
मुठ्ठी आफै खुले किन आखिर
भिजेको छ सिरानीनै
आफ्नै आशु सुकाउन

जोडीदा  तिम्रो नाम  अर्कै संग
टालेको छु मुटु मैनले
दुख खादि आफै भित्र
तिम्रो खुसि बिकाउन .


आकाश अनुकुल 
२०६८/४/२०